होटल बाराहीको क्यासिनो उद्घाटनका लागि चर्चित बलिउड अभिनेता सञ्जय दत्त नेपाल आएका छन् । साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका उनलाई स्वागत गर्न क्यासिनोका कर्मचारी विमानस्थल पुगेका थिए ।
विहिवार राती होटलमा भव्य समारोहका बीच क्यासिनो उद्घाटन गरेर दत्त भोलि नै भारत फर्किने बताइएको छ ।








