सिन्धुपाल्चोक । लिशन्खुपाखर गाउँपालिका वडा नम्बर ४ अन्तर्गत अतर्पूरको एक वस्तीका स्थानीय बासिन्दाले सामूहिक रूपमा नेकपा परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेका छन्।
आयोजित कार्यक्रमबीच एमालेका तर्फबाट प्रतिनिधि सभा उम्मेदवार सरेश नेपाल, निर्वाचन परिचालन कमिटिका प्रमुख कमल नेपाल लगायतका नेताहरूले नवप्रवेशीहरूलाई टीका–माला लगाई स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै उम्मेदवार सरेश नेपालले विकास, पारदर्शिता र जनउत्तरदायी नेतृत्वका लागि एमालेप्रति जनविश्वास बढ्दै गएको दाबी गरे। उनले अतर्पूरसहित सम्पूर्ण वडामा सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रको स्तरोन्नतिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
निर्वाचन परिचालन कमिटिका प्रमुख कमल नेपालले स्थानीय स्तरमा संगठन सुदृढ बन्दै गएको उल्लेख गर्दै जनताको चाहना अनुसार स्थिर र सक्षम नेतृत्व आवश्यक रहेको बताए।
नवप्रवेशी स्थानीयहरूले हालसम्म अपेक्षित विकास हुन नसकेको गुनासो गर्दै अब समृद्धि र सुशासनको पक्षमा उभिने निर्णय गरेको प्रतिक्रिया दिएका छन्।








