काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, गैरीगाउँस्थित सुनखरी टोलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज १८ गते साँझ करिब ६ः३० बजे गोप्य सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले एक घरमा छापा मारेको थियो। चेकजाँचका क्रममा जुवा खेलिरहेको अवस्थामा नगद ९१ हजार ५ सय रुपैयाँ र ८ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दोलखा जिरी–३ का ४८ वर्षीय डिम लाक्पा शेर्पा, सोही स्थानका ३९ वर्षीय पासाङ शेर्पा, गोकर्णेश्वरका ५३ वर्षीय धर्मलाल श्रेष्ठ, काठमाडौं महानगरपालिका–६ तिनचुलीका ४९ वर्षीय सानुकान्छा लामा, सिन्धुपाल्चोक जुगल–३ का ४५ वर्षीय सोमबहादुर तामाङ, जुगल–२ का ४३ वर्षीय सुवास लामा, ३४ वर्षीय अभिलास तामाङ, दोलखा शैलुङ–२ का ४० वर्षीय दीपक लामा र काभ्रेपलाञ्चोक तेमाल–६ का ४९ वर्षीय ज्ञानबहादुर तामाङ रहेका छन् ।
प्रहरीले उनीहरूलाई जुवा सम्बन्धी कसुरमा नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई ४ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।








