सिन्धुपाल्चोक : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट केशव श्रेष्ठ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
समानुपातिकतर्फ ४०३ मत प्राप्त गर्दै श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
श्रेष्ठ यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्र नम्बर २ को क्षेत्रीय सचिवमा निर्वाचित भएका थिए । पार्टी संगठनमा सक्रिय रहँदै आएका श्रेष्ठले आफूलाई प्राप्त जिम्मेवारीलाई संगठनप्रतिको विश्वास र भरोसाको रूपमा लिएको बताएका छन् ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि श्रेष्ठले पार्टी र संगठनलाई माया गर्ने तथा संगठनलाई थप बलियो र सुदृढ बनाउनुपर्छ भन्ने सोच राख्ने नेता–कार्यकर्ताको साथ र विश्वासप्रति आभार व्यक्त गरेका छन् ।
उनले आगामी दिनमा पार्टी र संगठनको हितमा इमानदारी, निष्ठा र तदारुकताका साथ काम गर्ने प्रतिबद्धता जनाउँदै सबैको सुझाव, साथ र सहयोगको अपेक्षा गरेका छन्।







