ललितपुर ।

रचनात्मक पत्रकारिताबारे नेपाली पुस्तक ‘रचनात्मक पत्रकारिता: हाते पुस्तक’ प्रकाशन भएको छ ।
पत्रकार तथा अध्येता टुमराज कोइरालालिखित पुस्तक यसै साताबाट उपलब्ध हुनेगरी सार्वजनिक गरिएको छ ।
सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेशले पुस्तक प्रकाशन गर्न सहयोग गरेको हो ।






