काठमाडौ । गृहमन्त्री र गृहसचिवबीच कार्य सम्पादन सम्झौता भएको छ । मन्त्री रमेश लेखकले गृहसचिव नेतृत्वमा भइरहेको कामको प्रशंसा गरेका छन् ।

गृहमन्त्रालयमा आर्थिक वर्ष २०८२/०८३ को लागि मन्त्रालयका गृह सचिव एवं संगठन प्रमुख,महाशाखा र विभागीय प्रमुखहरूसित कार्यसम्पादन सम्झौता गर्दै गृहमन्त्री लेखकले लागुऔषध,सडक दुर्घटना,आत्महत्या र साइबरक्राइम नियन्त्रणमा पहिलो वर्ष काम भएपनि परिणाम आउन समय लाग्ने बताएका छन्।
मन्त्री लेखकले गत आर्थिक वर्षमा तोकिएको माइलस्टोनमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेकोप्रति बधाई एवं धन्यवाद ज्ञापन गरे। ‘अहिलेको आवश्यकता अनुसार थप नयाँ कुरा के गर्न सकिन्छ,नीति, योजना तयार गरेर अघि बढ्नुस,’गृहमन्त्री लेखकले भने,’सिमित स्रोत साधन, जनशक्ति र बजेटको सिमाभित्र बसेर काम गर्नुपर्छ ।’






