चौतारा ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकमा निजी तथा आवासीय विद्यालय सिन्धुपाल्चोकले सरोकारवालासँग अन्तरकृया गरेको छ । सो अवसरमा असहमतिका विषय पनि जानकारी गराएको छ ।

अन्तर्कृया कार्यक्रममा प्याप्सनले कम्पनीमा दर्ता गरेर गैरनाफामुलक बनाउन नसकिने, पूर्ण छात्रवृत्ति प्रदान गर्न नसकिने, पोसाक, पुस्तक, खाना (स्कूलमा उत्पादन नहुने) सेवा दिन नसकिने, छात्रवृत्ति बितरण स्कूलको अधिकार वा स्थानीय सरकारको सहभागिता हुनुपर्ने, स्कुल र बोर्डिङ का बिद्यार्थीलाइ समान अवसर हुनुपर्ने वा आरक्षणको समानता सरकारले दिने ४५% मा हुनुपर्ने माग राखेका छन ।
हाल १०% छात्रवृत्ति प्रदान गरेको छ । कम्पनीमा दर्ता गरेर कसरी गैर नाफामूलक बनाउन नसकिने जानकारी गराईएको छ ।
कार्यक्रममा प्याप्सनका जिल्ला अध्यक्ष बुद्धि प्र आचार्यसहित जिल्लाभरका सबै निजी बिद्यालयका प्रतिनिधि , प्रदेश सहसचिव ओम प्रकाश उप्रेती, केन्द्रिय प्रतिनिधि बिजयकृष्ण श्रेष्ठ र दिनेश थापा, मानव अधिकारकर्मी नातीवाबु धिताल, राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।






