पूर्वराष्ट्रपति विद्या भण्डारी वीरगंज पुगेकी छन् । उद्योग वाणिज्य संघले आयोजना गरेको बीआइसीसीआई बृहत महिला सम्मेलन २०८२ मा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी वीरगंज पुगेकी हुन् ।

भण्डारीलाई वीरगन्जमा एमाले कार्यकर्ताहरुले ५१ किलोको माला लगाइदिएर सम्मान गरेका थिए । उनले बीआइसीसीआई बृहत महिला सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।






