काठमाडौ ।
अवकाश उमेर ५८ वर्ष भए पछि मुख्यसचिवसहित ७ जना सचिव र ६५ जना सहसचिव सहित करिब १,८०० कर्मचारी घर जाने भएका छन् । निजामती सेवा ऐन, २०४९ कै यसअघि सरकार र सत्तापक्षले अवकाश उमेर ५९ वर्ष बनाउने अडान लिएको थियो । तर तत्काल ५९ वर्षे उमेर हद लगाउनुको पछाडी मुख्यसचिवसहित ७ जना सचिवको एक वर्ष सेवा अवधि बढाउने चलखेल भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपका माओवादी केन्द्रसहितका दलले नमानेपछि अन्ततः यस वर्षका लागि ५८ वर्षमै कायम गर्ने सहमति भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव फणिन्द्र गौतम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव डा.रामप्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्साल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव डा.केशवकुमार शर्मा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.दीपकुमार खराल, नेपाल ट्रष्टको कार्यालयका सचिव रामआधार साह यसै वर्ष ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने सूचीमा छन् ।






