काठमाडौं

अमेरिका निवासी सूर्य खड्काले जेनजी आन्दोलनका क्रममा घाइते भई बेरोजगार बनेका व्यक्तिहरूलाई कोठा भाडा र खानपिनका लागि सहयोग गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो जानकारी दिँदै सहयोग आवश्यक पर्नेले आफूलाई म्यासेन्जरमार्फत सम्पर्क गर्न सक्ने बताए ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा जन्मिएका खड्का लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनी सिन्धु वेलफेयर सोसाइटी अमेरिकाका निवर्तमान अध्यक्ष समेत हुन् ।
खड्काले आन्दोलनमा घाइते भएर उपचारपछि बेरोजगारीको मारमा परेकाहरूसँगै उभिनु आफ्नो दायित्व भएको बताए । उनले सामुदायिक सहयोगले पीडितलाई राहत पुग्ने विश्वास पनि व्यक्त गरे । सम्पर्कका लागि उनले देविवहादुर खड्काको नम्वर 9851081458 पनि राखिदिएका छन् ।






