सुरक्षाका कारण नख्खु कारागारले राख्न मानेन, रवि लामिछाने घरै फकिए

काठमाडौं । जेल पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागारले राख्न नमानेपछि घर फर्केका छन् ।
नख्खु कारागारले सुरक्षा व्यवस्था देखाउँदै रविलाई राख्न नमानेको हो ।
अहिले सुरक्षा दिने अवस्था छैन, यहाँलाई जहिले बोलाइन्छ उहिले हाजिर रहनुहोला, अहिले घरमै सुरक्षित हुनुहुन्छ भन्दै कारागारले लामिछानेलाई पठाइदिएको हो ।
यसअघि जेनजी प्रदर्शनका क्रममा लामिछाने नख्खु कारागारबाट निस्केका थिए । यसबीचमा कारागार प्रशासनले लामिछानेलाई रिहा गर्न भन्दै जारी गरेको भनिएको पत्र पनि सार्वजनिक भएको थियो । यद्यपि कारागारले प्रदर्शनका दिन फरार रहेका लामिछानेसहितका कैदीलाई फेरि बोलाएको छ ।






