सिन्धुपाल्चोकको जुँगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले जेनजीको आन्दोलनमा भएको क्षेतिमा खुशी हुने पालिकाका कर्मचारीलाई जागिर छोडेर जान निर्देशन दिएका छन् । उनले सामाजिक सन्जालमा लेखेर यस्तो निर्देशन दिएका हुन् । कर्मचारी तथा शिक्षकले अब गाउँ पालिकाको पालो भन्दै स्टाटस लेखेको र त्यसको स्कृनसट आफूसग भएको अध्यक्ष स्यान्ङ्बोको भनाइ छ । उनी माओवादीको प्रतिनिधित्व गर्दै नेपाली काग्रेसको सहयोगमा अध्यक्ष विजयी भएका हुन् ।







