सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य चेतन सापकोटा नै आगजनी भएको ठाउँमा अगाडि देखिएपछि विवादमा परेका छन् । उनले सिंहदरबारभित्र आगो लागेको ठाउँमा हात हल्लाएर निर्देशन दिई रहेको देखिन्छ ।
सिंहदरबारमा आगजनी भइरहेको स्थलमा उनको फोटो र भिडियो भाईरल भएको छ । उनी कान्तिपुर मिडिया ग्रुपमा आगलागी हुँदा पनि लौरो बोकेर त्यही पुगेको कान्तिपुरमा कार्यरत एक पत्रकारले बताए ।
कान्तिपुरमा आगजनी भएपछि अलि पर पुगेर खुसी हुँदै बियर पिईरहेको भेटिएको पनि जानकारीमा आएको छ । यसैबीच सापकोटाले भने आगजनी गर्नुहुन्न भन्दै आफू आन्दोलनकारीसँगै हिँडेको बताएका छन् ।
सापकोटाले माओवादी अध्यक्ष पुष्पकमल दाहालको खास भएको बताउने गरेका छन् । चेतन माओवादी सांसद माधव सापकोटाका आफन्त पनि हुन् । केही दिन अघि एक दोहोरी साँझमा रक्सी पिएर लडीबुडी गर्दै जुत्ता फुकालेर कलाकारको अपमान गरेको भिडियो सार्वजनिक भएको थियो ।






