काठमाडौँ ।

सम्पूर्ण सरकारी कर्मचारीलाई सिंहदरबारमा आजगनी पछि भएको अवस्थामा विचलित नभई आफ्नो कर्तव्यपालनमा निरन्तर खटिरहन आह्वान गरिएको छ ।
सिंहदरबारमा २२ भाद्रमा भएको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रमम भएको क्षतीका बारे विभिन्न कर्मचारी संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरी घटनाप्रति गहिरो दुःख प्रकट पनि गरेका छन् ।
विज्ञप्तिमा कर्मचारी संगठनहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार र सहयोग अविलम्ब उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।
संयुक्त विज्ञप्तिमा कर्मचारी संगठनहरूले घटनाबारे न्यायिक छानबिन गर्न, दोषी पहिचान गरी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन जोड दिएका छन् । साथै, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, लुटपाट गर्ने जस्ता गतिविधि अनुचित भएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न आग्रह गरिएको छ ।
सेवाप्रवाहमा अवरोध नगरी नागरिकलाई सहज र सुरक्षित वातावरणमा सेवा दिन भनिएको छ ।
शान्तिपूर्ण वातावरण कायम गरी न्याय र उत्तरदायित्वमा आधारित प्रशासनिक सुधार गर्न सरकारलाई आग्रह गरिएको छ ।
मृतकको परिवारलाई जीवन बीमा, क्षतिपूर्ति र निःशुल्क उपचार सुविधा उपलब्ध गराउन माग।
घटनाको सत्य तथ्य छानबिन गरी उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग अनुरोध गरिएको छ ।
संयुक्त विज्ञप्तिमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल त्रिवेणी कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी युनियन, स्वन्त्रन्त्र ट्रेड युनियन कर्मचारी संगठन लगायतका शीर्ष संगठनहरूका पदाधिकारीहरूको हस्ताक्षर रहेका छन् ।






