बाह्रबिसे ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न.७ डाँडा गाउँका हरि खत्री धेरै वर्षपछि भेटिए । बिचारी उपनामले चिनिने खत्रीलाई झन्डै चालिस वर्षपछि सामाजिक अभियान्त अर्जुन भुसालले परिवारसँग पुनर्मिलन गराइदिए । तर, उनको आर्थिक अवस्था नाजुक छ । पहिचानकै समस्या छ । यस्तै समस्याबाट गुज्रिएका खत्रीलाई बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले अपनत्व लिँदै गाँस,वास र कपासको व्यवस्था गरिदिने बचनबद्धता गरेका छन् ।
गरिबीले छोराछोरीसमेत छोडेर हिँडेका खत्रीको बच्चाले वाल आश्रममा बसेर अध्ययन गरेका थिए । उनीहरूले पनि आफ्नो बाबु १८ वर्षपछि भेटेका थिए ।
खत्रीलाई एउटा घर बनाई दिने र केही कृषि व्यवसाय गर्नको लागि तत्काल दुई लाख रुपैयाँ दिने बस्नेतले बताए । साथै एक छोरी वा छोरालाई रोजगारीको व्यवस्था पनि गरिदिने बस्नेतले बताए ।
खाद्यान्न, लत्ताकपडा, गाडी भाडा, सिरक डसनाको व्यवस्था गरिदिने प्रमुख बस्नेतकै आश्वासन छ । साथै पहिचानमै समस्या रहेको खत्रीका बालबच्चाको नागरिकता बनाउने व्यवस्था पनि नगरपालिकाले व्यवस्था गर्ने भएको छ ।






