काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आइतबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको कुनै धार्मिक असर नेपालमा नपर्ने स्पष्ट गरेको छ।
आश्विन कृष्ण औँसीका दिन पर्ने उक्त ग्रहणबारे सोह्र श्राद्ध गर्ने कि नगर्ने, सुतक कति बजेदेखि लाग्छ भन्ने जस्ता जिज्ञासा धर्मावलम्बीहरूले गरेका थिए। तर, नेपालमा यो ग्रहण नदेखिने भएकाले बार्नु नपर्ने र दोष पनि नलाग्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए।

उनका अनुसार शास्त्रीय वचनअनुसार नेपाली आकाशमा नदेखिने ग्रहण नेपालमा बार्नुपर्ने हुँदैन। त्यसैले सुतक पनि लाग्दैन।
समितिले दिएको विवरणअनुसार यो सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत क्षेत्रबाट मात्र देखिनेछ।






