असोज ८ गते दिउसो ४ बजेको चट्याङले सिन्धुपाल्चोक जुगल गा.पा. १ सेलाङ बस्ने बर्ष ७७ की कान्छी तामाङ र उनको छोरो बर्ष ३० को रामकाजी तामाङ घाइते भएका छन् । आफ्नै घर छेउको बाँसले बेरेको जस्ताको छानो भएको गोठमा बसि रहेको अबस्थामा गोठको अगाडी रहेको लप्सीको रुखमा अचानक चट्याङ परेको थियो । चट्याङले रुखको बिच भाग भाँचिएर गोठको माथि ढलेको प्रहरीले बताएको छ । घाइतेको चौतारा अस्पतालमा प्राथमिक उपचार पछि ल्याएकोमा धुलिखेल अस्पताल रिफर गरिएको थियोे । उक्त घटनामा २ वटा बाख्रा समेत च्यापिएर मरेका छन् ।







