सिन्धुपाल्चोक: तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत कराते विधामा सिन्धुपाल्चोकका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण, दुई रजत र तीन कास्य पदक जित्न सफल भएका छन्।
प्रतियोगितामा आयुष्मा राना मगरले स्वर्ण पदक जित्दै जिल्लालाई गौरवान्वित बनाएकी छन्। यस्तै, पार्वती श्रेष्ठ र रोशन गहतराजले रजत पदक प्राप्त गरेका छन् भने राजकुमार श्रेष्ठ, युवराज नेपाली र गौरव नेपालीले कास्य पदक जितेका छन्।
खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले सिन्धुपाल्चोकमा कराते खेलको बढ्दो सम्भावना र खेलाडीहरूको निरन्तर मेहनतलाई पुष्टि गरेको छ। प्रतियोगितामा प्राप्त सफलताप्रति जिल्लाभर खुसी व्यक्त गरिएको छ। तेस्रो बागमती प्रदेश खेलकुदमा सिन्धुपाल्चोकको उत्कृष्ट प्रदर्शन, कराते र टेबल टेनिसमा ८ पदक जित्न सफल भएकाे छ ।
टेवल टेनिस तर्एफ एकल (सिंगल) विधामा सुजन गदालले रजत पदक जितेका छन् । सामूहिक (टिम) स्पर्धामा सुजन गदाल, जोयल नेपाली र कुशल गिरिको टोलीले कास्य पदक हात पारेको छ।खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले सिन्धुपाल्चोकको खेल क्षेत्रको सम्भावना र प्रतिभालाई थप उजागर गरेको छ।यस अवसरमा जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष रामकृष्ण दंगालले पदक विजेता सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा टोलीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको नाम अझ उच्च बनाउने विश्वास व्यक्त गरेका छन् ।







