मेलम्ची: “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नारासहित मेलम्चीमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस तथा मेलम्ची नगर योग समितिको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
मेलम्ची नगर योग समितिको आयोजनामा सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष विजयकुमार दुलालको अध्यक्षता रहेको थियो भने इन्द्रावती क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य गङ्गा नेपालले राख्दै योगको महत्व तथा नियमित अभ्यासले स्वस्थ, अनुशासित र सन्तुलित जीवनयापनमा पुर्याउने सकारात्मक योगदानबारे प्रकाश पार्नुभयो ।
प्रमुख अतिथि श्रेष्ठले योग केवल शारीरिक व्यायाम नभई मानसिक शान्ति, आत्मअनुशासन र समग्र स्वास्थ्यका लागि प्रभावकारी माध्यम भएको उल्लेख गर्दै दैनिक जीवनमा योगलाई नियमित अभ्यासका रूपमा अपनाउन आग्रह गर्नुभयो ।







