सानै उमेरमा बाबुले दोबाटोमा छोडेर अलपत्र परेका एक व्यक्तिको परिवार सम्पर्कमा आए बाह्रबिसेका मेयर बालकृष्ण बस्नेतले एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

काभ्रेको बनेपामा वेवारिसे अवस्थामा छोडिएका बस्नेत थरका एक बालक अहिले वयस्क बनिसकेका छन् । उनको नाम कृष्ण बस्नेत हो । उनको हालसम्म अभिभावक पत्ता लागेको छैन ।
अभिभावक नहुँदा उनी अनागरिक बनेका छन् । बिभिन्न अभियानकर्मीले फेला पारेर बस्नेत बालकलाई बाह्रबिसे लगिएको थियो । बाबुको फोटासहित हिँडेका ती बालकले अहिलेसम्म पनि परिवार पत्ता लगाउन सकेका छैनन् ।
आफू पनि बस्नेत भएको र बेपत्ता परिवार पनि बस्नेत नै भएका कारण उनको परिवार भेट्न सहज होस् भनेर एक लाख रुपैयाँ दिने घोषणा गरेको मेयर बालकृष्ण बस्नेतले बताए ।






