अरनिको राजमार्गको खावा धुलिखेल खण्ड अवरुद्ध भएको छ । यो सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।
धुलिखेल नगरपालिका-८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।







