नेपाली सेनाको अधिकृत क्याडेट पदमा नयाँ भर्ना खुलेको छ । भर्ना छनौट निर्देशनालयले आज सार्वजनिक गरेको सूचना अनुसार अधिकृत क्याडेट पदमा २८० जनाका लागि भर्ना खुलेको हो ।

खुलातर्फ १४६ जना र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ जनाको लागि कोटा छुट्याइएको छ ।







