मेलम्ची नगरका प्रमुख आईतमान तामाङले शिक्षक पेशा मर्यादित रहेका कारण ईमान्दार हुनुपर्ने बताए ।

एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन सिप विकाससम्बन्धी शिक्षकका लागि दुई दिने क्षमता विकास तालिमको सुरुवात गर्दै प्रमुखले यो आग्रह गरेका हुन् । मेलम्चीमा सुरु भएको छ ।
मेलम्ची नगरपालिकाको समन्वयमा चाइल्ड रेस्क्यु नेपालको सहयोग र साझेदारी नेपालले तालिम आयोजना गरेको हो ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख आइतमान तामाङले सिकेका कुरा व्यवहारमा उतार्न शिक्षकलाई आग्रह पनि गरे । शिक्षकको क्षमताविकासका लागि नगरपालिका निरन्तर तालिम आयोजना गरिरहेको उल्लेख प्रमुखले उल्लेख गरे ।
इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी सहायक निरीक्षक कुमार चौलागाईंले सहभागी शिक्षकलाई साइबर क्राइम सम्बन्धी जानकारी दिए ।
मेलम्चीका ६० जना शिक्षक तालिममा सहभागी छन् ।
तालिमको उद्देश्यबारे जानकारी दिँदै नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका श्रोत विज्ञ योगबहादुर थापाले विद्यालय अनुगमन गर्दा एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन सीप अझ आवश्यक देखिएकाले तालिम आयोजना गरिएको बताए ।
साझेदारी नेपालका अध्यक्ष मानबहादुर भुसालको सभापतित्वमा भएको कार्यक्रममा चाइल्ड रेस्क्यु नेपालका चेतनाथ पन्थी, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सहसचिव एवम् रेडियो मेलम्चीको स्टेशन मेनेजर देवराज सुवेदी ,आयोजक संस्थका कोषाध्यक्ष दिलबहादुर देउजा, सदस्य सुरेन्द्र सुनार, जितबहादुर बस्नेत, सल्लाहकार पुरुषोतम घोरासैनी लगायतको उपस्थिति रहेको थियो ।
नगरपालिकाका श्रोत विज्ञ योगबहादुर थापा, नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष कुमार खतिवडा, प्रशिक्षक श्री जनजागृति माविका प्रधानाध्यापक इन्द्रकुमार तामाङलगायतले सहजीकरण गर्ने कार्यक्रममा संस्थाका सचिव कृष्ण थापाले सञ्चालन गरेका थिए ।







