सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१, गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी माधवराज खरेलका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विदान विधि कृषि पशुपन्छी फार्ममा बिहानी करिब ८ः २० बजे आगलागी भएको हो। घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा करिब ९ बजेतिर आगो नियन्त्रणमा ल्याएको थियो।
फार्ममा रहेका जम्मा ८५ वटा बाख्रामध्ये २९ वटा सकुशल रहेका छन् भने ६ वटा घाइते भएका छन्। आगो निभाउने क्रममा सोही स्थानका ४४ वर्षीय चुडामणी श्रेष्ठ घाइते भई चौतारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।






