राजस्व अनुसन्धान विभागका निर्देशक नवराज अधिकारीलाई मन्त्रालय तानिएको छ। व्यवसायीहरूसँग अवैध असुली गर्दै आएको आरोप खेप्दै आएका अधिकारीबारे प्रेसपाना डटकमले लगातार समाचार प्रकाशन गर्दै आएको थियो ।

अधिकारीमाथि प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नामसमेत बेचेर व्यवसायीलाई दबाब दिने र ठूलो रकम असुल्ने आरोप छ। विभागभित्रै उनको नाम विवादित बनेको थियो।






