ठगीमा संलग्न व्यक्ति दशी सहित पक्राउ परेका छन् ।
अनलाईन माध्यमबाट डलरका फोटो भिडियोहरु देखाई फसाएर लुटपाट गर्नेहरु पक्राउ परेका हुन ।

डलर भएको वहानामा सिन्धुपाल्चोकको बाह्रविसे लगायतका क्षेत्रहरुमामा बोलाई ठुलो रकम ठगी गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा दोलखा जिल्ला बाट प्रहरी टोली परिचालन भएको थियो । सो टोलीलाई इलाका प्रहरी कार्यालयले पनि साथ दिएर ठग पक्राउ गरिएको हो ।
भदौ १२ गते बाह्रविसे नगरपालिका वडा नं. ४ सुनकोशी स्थित एकान्त जंगलमा डलर देखाउन भनी झोलामा बोकी हिंडेको अवस्थामा बाह्रबिसे ३ बस्ने ३४ वर्षको विष्णु बहादुर भण्डारीलाई पक्राउ परेका हुन् ।
निजको साथबाट अमेरिकन डलर १ का नोटहरु ५४८ थान, ५० का नोटहरु १७ थान, मोवाईल थान १ र मोटरसाईकल थान १ समेत बरामद गरी भण्डारीलाई ठगी मुद्धामा अनुसन्धानको लागि दोलखा पठाईएको प्रहरीले जनाएको छ ।






