मालपोत कार्यालय काभ्रेका एक कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

आयोगले छापा मारेर मालपोत मुद्दा फाटका कर्मचारी ज्ञानेन्द्र भण्डारी रगेहात फेला परेका हुन् ।
भण्डारी भूमि मन्त्रालयमा रहेका स्टोरमा कार्यरत एक कर्मचारी मार्फत काभ्रे मालपोत पुगेका हुन् ।
अख्तियार एक टोलीले २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।






