भदौं २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भाटभाटेनी सुपरमार्केटबाट सामान चोरीमा संलग्न एकजना शिक्षकको जागिर गएको छ ।

रुपन्देही १० बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक शिवशङ्कर शुक्लाको जागिर गएको हो ।
विद्यालयका प्रधानध्यापक दिनेश थापाले आज एक पत्र सार्वजनिक गर्दै शिक्षक शुक्ला बुटवलको सुख्खानगर स्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले विद्यालयको आचरण संहिता तथा नियम विपरित कार्य गरेको ठहरिएकाले हटाइएको जनाएको छ ।
शिक्षक शुक्लाले २४ गते भएको भाटभटेनीमा आगजनी तथा तोडफोडका क्रममा आइक्रिम लिएर हिडेँका थिए ।






