सरकारले उच्चस्तरीय न्यायिक जाँचबुझ आयाेग गठन गरेकाे छ ।

आज बसेकाे मन्त्री परिषद्काे बैठकले भदाै २३ र २४ गते भएकाे जेन जि आन्दोलनमा भएकाे घटनाकाे छानविन गरि सत्यतथ्य पत्ता लगाउनकाे लागि पुर्व न्यायाधीश गाैरी बहादुर कार्कीकाे अध्यक्षता रहेकाे छ ।
जाँचबुझ आयाेग अन्तर्गत बनेकाे आयाेगकने सदस्यमा पुर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विशेश्वर प्रसाद भण्डारी सदस्य रहेका छन् । तीन महिना कार्यावधी भएकाे आयाेगले जेन जि आन्दोलनका सम्पुर्ण घटनाकाे प्रतिवेदन तयार गरि सरकारलाई बुझाउने छ ।






