देशको अकल्पनीय घटनाको समीक्षा गर्न एमाले नेतृत्वसँग बैठकको माग गर्न थालिएको छ । एमाले पोलिब्यूरो सदस्य अरुण नेपालले यस्तो विशिष्ट समयमा पार्टीले कम्तिमा पनि केन्द्रीय सचिवालयको बैठक डाकेर परिस्थितिको बारेमा गम्भीर छलफल गर्नु पर्ने हो तर तेसो नभएको धारणा राखेका छन् ।

सामाजिक सञ्जालमा लेखेर नेपालले भनेका छन् – नेतासाथीहरुलाई अनुरोध कृपया यथाशीघ्र बैठकको आयोजना गर्नुहोस र नयाँ अवस्थाका बारेमा पार्टीको एकीकृत धारणा बनाउनु होस।






