सरकारले रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिवको जिम्मेवारी दिएको छ भने त्यहाँ कार्यरत सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारीमा सरुवा गरेको छ ।

दुवाडीले तत्कालिन गृहमन्त्री रमेश लेखक जिम्मेवारीमा आइसकेपछि राष्ट्रिय तथ्यांक कार्यालयबाट सरुवा गरेर मन्त्रालयको सचिवको जिम्मेवारी पाएका थिए । दुवाडी करिव २ महिनापछि आागमी मंसिर १० मा ५ वर्षे सचिवको कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जादैँछन्।
योजना आयोगका सचिव अर्यालको भने एक वर्षको अवधिमा ४ पटक सरुवा भएको छ । उनी ६ महिना अघि मात्रै योजना आयोगको सचिवको जिम्मेवारीमा आएका थिए । अर्यालआयोगमा सरुवा भएर आएको ६ महिनामै सरुवा भएको हो । अधिकांश सचिवको कम्तिमा एक वर्षमा सरुवा हुने गरेको भए पनि अर्यालको भने ६ महिनामै सरुवा भएको हो ।






