अहिले महिला आयोगको अध्यक्ष छन् , कमला पराजुली । तर, उनी विदेश पुगेको चर्चा छ । विदेश जादा कार्यवाहक तोक्न पर्छ । तर, उनले कसैलाई कार्यवाहक तोकिनन । यता आयोगकी कृष्ण कुमारी पौडेलले भने आफैले आफूलाई कार्यवाहक तोकेको पत्र सामाजिक सन्जाल भर व्यापक छ ।

आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले अध्यक्षको अनुपस्थितिमा कार्यवाहक अध्यक्षका रुपमा काम गर्ने गरी आफूले आफैँलाई तोकेकी हुन् ।
आयोगकी अध्यक्ष पराजुली असोज ५ गतेदेखि आयोगमा उपस्थित छैनन् ।
सामान्यतया अध्यक्षले आफ्नो अनुपस्थितिमा काम काज गर्नका निम्ति कार्यवाहक तोक्ने गरिन्छ ।






