आज ०६।०८ गते दिउसो ४;४५ बजे समयमा जिल्ला सिन्धुपाल्चोक बलेफी गा.पा. १ जलबिरे स्थित बलेफी ढाडे भित्री सड्क खण्डमा चौतारा साँगाचोकगढी न.पा. २ भोटे फुल्पिङ घर भई जुगल गा.पा. २ गोल्छे स्थित मामाघरमा पैदल जाँदै गरेको ज्याङजेङ लामाको छोरी बर्ष अं. १७ की फुलमाया लामा र निजकी बहिनी बर्ष ५ की मनमाया लामा सडकमाथि भिरबाट लेदो सहितको पहिरो आई पहिरोमा परि बेपत्ता भएको (सडकभन्दा तल ब्रह्मायणी नदि बगिरहेको), इ.प्र.का. जलबिरेबाट प्र.नि. गजेन्द्र रावतको कमाण्डमा १० जना प्र.क. टोली खटि गई खोजतलास भैरहेको, हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ ।







