सिन्धुपाल्चोक । नेपाली काग्रेस आवद्द नेपाल प्रेस युनियन सिन्धुपाल्चोकका अध्यक्ष किशोर बुढाथोकीले पदबाट राजीनामा दिएका छन्।

सिन्धुपाल्चोक शाखाको छैटौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित बुढाथोकीले व्यक्तिगत, पारिवारिक समस्या र राजनीतिक कारण देखाउँदै राजीनामा दिएका हुन्।
प्रेस युनियनमा करिब १६ वर्षदेखि सक्रिय बुढाथोकी कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्षसम्मको जिम्मेवारीमा रहेर काम गरेका थिए। आफ्नो कार्यकालमा प्राप्त सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै उनले हालसम्म भएका त्रुटिका लागि क्षमायाचना गरेका छन्।
राजीनामा पत्रमार्फत उनले प्रेस युनियनप्रति निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।






