जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाललाई गृहमन्त्रालय तानिएको छ। बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले रिजाललाई मन्त्रालय तान्दै उद्योग मन्त्रालयमा कार्यरत सहसचिव ईश्वर पौडेललाई काठमाडौंको नयाँ सिडिओका रूपमा खटाउने निर्णय गरेका हुन् ।

भदौ २३ र २४ गतेको आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोप लागेपछि रिजाललाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ । उनी त्यसयता कार्यालय फर्किन नसकेका थिए।






