काठमाडौं ।
भाद्र २३ र २४ गतेका घटनासम्बन्धमा गठित छानबिन तथा अनुगमन विशेष समितिले आज असोज १२ गते एक विज्ञप्ति जारी गर्दै सो घटनाका जिम्मेवार व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाउने निर्णय गरेको छ ।

समितिको निर्णयअनुसार तत्कालीन जिम्मेवार पदाधिकारीहरूलाई स्पष्टिकरणका लागि उपस्थित गराइने भएको छ । आयोगले सो घटनामा संलग्न भएको आशंका गरिएका पाँच जना पूर्वपदाधिकारीहरूको नाम सार्वजनिक गर्दै विस्तृत छानबिन अघि बढाइने जनाएको छ । उनीहरूलाई बिदेश जान पनि रोक लगाइएको छ ।
उनीहरूमा पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली,पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व गृह सचिव गोकर्ण मणि डुवाडी,पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल रहेका छन् ।
समितिले घटनासम्बन्धी प्रतिवेदन तयार गरी आवश्यक कारबाहीका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ । साथै, घटनाबारे जनतामा पारदर्शिता कायम गर्न आवश्यक विवरण क्रमशः सार्वजनिक गरिने जनाएको छ ।
आयोगका सदस्य बिज्ञानराज शर्माले हस्ताक्षर गरेको उक्त प्रेस विज्ञप्तिमा जनताले न्याय र सत्य थाहा पाउने गरी आयोगले निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।






