राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान चलाएको छ। अहिलेसम्म २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भइसकेको छ। सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने अहिले भैरहवा कारागारमा छन्। उनी कारागार पुर्याइनुलाई रास्वपाले ‘राजनीतिक प्रतिशोध’ भनिरहेको छ। त्यही प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान जारी राखिएको रास्वपा नेताहरूले बताउने गरेका छन्।

रास्वपाले हस्ताक्षर अभियानलाई वडा तहसम्म विस्तार गरेको छ। वडा, पालिका, जिल्ला हुँदै प्रदेश भएर केन्द्रमा अद्यावधिक हुने हस्ताक्षर सङ्कलनका क्रममा रास्वपाले जनतासँग संवाद पनि गरिरहेको छ। त्यस क्रममा जनताले लामिछानेका प्रति सहानुभूति जनाइरहेको नेताहरू बताउँछन्। ‘जनताले रवि लामिछानेप्रति सहानुभूति जनाइरहेका छन्। अन्याय नै भएको छ भनेर भनिरहेका छन् ।
लामिछाने दोषी छैनन् भनेर संसदीय समितिको प्रतिवेदनले नै भनिसकेको भए पनि पछि उनीमाथि अनेकन् प्रकारका मुद्दा लगाइएको बताउनीहरु बताउँछन्। ‘उहाँको कुनै प्रत्यक्ष संलग्नता छैन भनेर संसदीय प्रतिवेदनले नै भनेको अवस्था हो। तर, पछि कहिले ठगी, कहिलेसम्पत्ति शुद्धीकरण, के के हो केके मुद्दा चलाइयो उहाँमाथि। उहाँ कर्मचारी हो नि। उहाँको कुनै पनि संलग्नता छैन। पछि गएर सरकार परिवर्तन भयो, दुईतिहाइको सरकार हुनेबित्तिकै उहाँचाहिँ वास्तविक सहकारी गठ भनेर मुद्दा लगाउने कुरा भयो। त्योचाहिँ प्रतिपक्ष मानसिकता भयो,’ एक केन्द्रीय सदस्यले बताए ।
जनताले पनि यो कुरा यही रूपमा बुझेको रास्वपाको जिकिर छ। हस्ताक्षर सङ्कलन गर्ने क्रममा आफूहरूले नेतृत्व र पार्टीको सम्बन्धमा कस्तो ‘मनोभावना’ छ भनेर पनि हेरेको उनीह्रुले दावी गरेका छन् । यो अभियानले मूलतः मनोभावना बुझ्नकै लागि गरेको उनीहरुले बताएका छन् । कुनै अदालतको मानहानि वा प्रश्न उठाउनका लागि यो अभियान चलाएका होइन । जनताले के भन्छन् भनेर हेर्न मात्रै खोजेको रास्वपा बताउँछ । तर, जनताले अत्यधिक रूपमा रवि लामिछाने खोजेका जस्तो देखिएको छ ।
कानुन क्षेत्र तथा राजनीति क्षेत्रकै अगुवाहरुले पनि रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्नु चाहि उनीप्रतिको आकर्षण बढाउने दृष्यहरु हुन् । सरकारमा बसेर सकिन लागेको दललाई सरकारी पक्षले ईगो साँधेको रुपमा जनमानसमा सन्देश गएको छ ।






