- काठमाडौ ।
नेकपा (एमाले) ले पार्टीलाई सबल एवम् व्यवस्थित वनाउन बिधान अधिबेशनको मिति तय गरेको छ । तर, पछिल्लो समय पूर्वराष्टपति विद्या भण्डारीले पार्टीमा कृयाशिलता बढाएसँगै च्यासल पार्टीमा कार्यकर्ताको आकर्षण घट्दै गएको देखिन्छ । बिधान अधिवेशनको तयारीका बिषयमा महासचिव शंकर पोखरेलको मन्तब्य हुने भनिएको कार्यक्रममा उपस्थितिको अवस्था हेर्दा दया लाग्दो स्थिति देखिन्छ ।
बिधान माहाधिबेसनलाई थप प्रभावकारी बनाउन गरिएको भेलामा परिभाषित कार्यकर्ताको उपस्थिति नै झिनो संख्यामा हुन थालेको छ । अघिल्लो साता
केन्द्रीय कार्यालय च्यासलमा जनसंगठनका पदाधिकारीक भेला डाकिएको थियो । त्यसको केही समयपछि केन्द्रीय बिभागमा रहने सदस्यहरुको पनि भेला पनि राखिएको थियो । यी दुवै भेलामा महासचिव शंकर पोखरेलले निर्देशन र जानकारी दिने भएका कारण अनिवार्य उपस्थितिका लागि एकएक व्यक्तिलाई टेलिफोन गरेर डाकिएको थियो । तर, यी भेलामा जिम्मेवारीमा भएको आधा पनि संख्या उपस्थित भएनन् । एमालेमा अहिले २२ जनसंगठन छन् । २२ जनसंगठनमा अधिबेशन भएकाहरुमा नौ जना पदाधिकारी छन् । त्यसका आधारमा पनि १ सय ९८ जना जनसंगठनमा पदाधिकारी भेला हुनु पर्ने थियो । तर, यो भेलामा साह्रै थोरै भेला भएको एक पदाधिकारीले बताए । ६० जनासम्म च्यासल पुगेको उनको भनाइ थियो ।त्यसैगरी एमालेको हाल ३२ विभाग छन् । ती विभागमा कम्तीमा २१ जना सदस्य छन् । यसहिसावमा ६ सय ७२ जना उपस्थित हुनु पर्ने हो । तर यो भेलामा एक सय जना पनि थिएनन् । कतिपय बिभागको शून्य उपस्थिति थियो । माथीबाट नेताहरुले हात उठाउन लगाउँदा धेरै बिभागको सदस्य उपस्थित नै थिएनन् ।
महासचिवले भाषण गर्ने मात्र काम भएको आरोप कर्ण थापाले त्यही लगाए । स्थायी कमिटी,पोलिटब्यूरो सदस्यहरु पनि उपस्थित हुने तर, महासचिवले भाषण गरेसगै कार्यक्रम सकियो भन्ने गरिएको छ । न अन्य वक्तालाइ भासण गर्ने अवसर नत उपस्थिति सहभागीले नै सुझाव लिने काम हुन्छ । केवल कर्मकाण्ड पाराको भेला भएका कारण उपस्थिति कम भएको एक कार्यकर्ता बताउँदै थिए ।
=====जनआस्थाबाट साभार=====
च्यासल भेलामा कम हुन थाले कार्यकर्ता
च्यासल भेलामा कम हुन थाले कार्यकर्ता

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





