चितवन ।

प्राधिकरणले आइतबारका लागि ६ घण्टा विद्युत् आपूर्ति रोकिने जानकारी दियो । तीनवटा फिडरमा फरक फरक समयमा गरी तीन पटक विद्युत् आपूर्ति रोकिने केन्द्रको सूचना आएपछि लोडसेडिङ तालिका निकालेको भन्दै प्राधिकरण आलोचित बन्यो ।
यही सूचनाको विषयमा चनौली वितरण केन्द्रले भने विद्युतको खपत अत्यधिक भएकोले मर्मत गरेर प्राविधिक समस्या मिलाउन निकालिएको एक दिने सूचनालाई मिडियाले अतिरञ्जित गरेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रबाट वितरण गर्ने विद्युत् अनियमित भएको करिब महिना दिन नै भइसकेको छ । यस क्षेत्रका ग्राहकहरूले केही दिनयता वितरण केन्द्रमा धर्ना दिएर विद्युत् आपूर्ति नियमित गर्न दबाब पनि दिएका थिए ।






