इन्द्रावती गाउँपालिकाका कर्मचारीहरुले लाखौं रुपैयाँ पेश्की लगेर फछर्यौ नगरेको पाईएको छ ।

करार सेवामा रहेकादेखि स्थायी कर्मचारीले पनि पेश्की फछ्र्यौट नगरेको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तीन लाख ९९ हजार दुई सय रुपैयाँ असुल गर्नुपर्ने महालेखाले उल्लेख गरेको छ ।
पेश्की फछ्र्यौट नगर्दा लिने र दिने दुवै दोषी ठहर हुने उल्लेख छ ।
बर्षान्तमा पेश्की अनिवार्य फछ्र्यौट गर्नुपर्ने प्रावधान हुन्छ ।
पेश्की लिने कर्मचारीहरु भने आफूले फछ्र्यौट गर्न खोज्दा पनि लेखा शाखाको असहयोगका कारण समस्या भएको बताउने गरेका छन् । लेखाले पेश्कीका रकममा अवैध रकम माग्ने गरेको आरोप छ ।
त्यसोत लेखा शाखाले कमिशन नपाउने बील नै पास नगरेका कारण बिवाद आएको छ । लेखा प्रमुख भाष्कर पन्तले हरेक योजना र बीलमा कमिसन मागेको एक उपभोक्ता समितिका अध्यक्षले बताए ।






