नेपाल सरकार नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले भेटेको छ । सरोकारवाला मन्त्री भएका कारण संघ र महासंघको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेको हो । मन्त्रालयमा गएको संयुक्त टोलीले मन्त्रीलाई बधाई तथा शुभकामना दिदै सङ्घीयता कार्यान्वयनमा चासो राख्न अनुरोध गरेको छ । भेटमा

तीन तहको सरकारबीच प्रभावकारी अन्तर सम्बन्ध कायम गर्न तथा स्थानीय सरकारको क्षमता अभिबृद्धि गर्न मन्त्रीको कुशल नेतृत्वको अपेक्षा गरेको छ।






