बर्तमान मन्त्रिपरिषद्कै विबादित मन्त्री बलराम अधिकारीले अन्य बिचौलियालाई ‘ट्वाँ’ पारेर करोडौँ संकलन गरेको खुलासा भएको छ । भूमिसुधार मन्त्रालयमा मालपोत अधिकृत सार्ने बिचौलियाको दुई समुह छ । एउटा बाहिरको प्रमोद नाम गरेको व्यक्ति छन् । भने अर्को मन्त्रालयमै स्टोरमा बसेका सुब्बा युवराज गिरी हुन् । पछिल्लो समय दश मालपोत अधिकृत सरुवा हुँदा सुब्बा बिचौलिया हेरेको हेरैई भएका छन् ।

विवादकैबीचमा मन्त्री अधिकारीले सचिवलायकै पाण्डे थरका व्यक्ति प्रयोग गरेर माल पारेका छन् । रातारात मालपोत प्रमुख सरुवा गरेर मन्त्री मालामाल भएका छन् । मन्त्रीका स्वकीय सचिवालयका सदस्य र विचौलियामार्फत सरुवा भएका मालपोत प्रमुखले लाखौँ रुपैयाँ कवोल गरेका छन् । सो रकम पनि किस्तामा बुझाइएको एक कर्मचारीले बेलुकीको बसाईमा खोलेपछि भूमि सुधार मन्त्रालयभित्र खैलाबैला भएको छ । ती कर्मचारीका अनुसार एक प्रमुख सरुवा हुँदा २५ लाख भन्दा माथिको कवोल भएको छ ।
पछिल्लो पटक दश मालपोतमा प्रमुख परिवर्तन भएका छन् । अवधि नै पूरा नभई प्रमुख परिवर्तन हुनु नै आर्थिक लेनदेनको पुष्टि भएको मन्त्रालयका एक सुब्बाले बताए । पाईएको जानकारी अनुसार कलंकी,कास्की,ललितपुर,पर्सा, भक्तपुर,धादिङ्गलगायतका मालपोत कार्यालयमा नयाँ प्रमुख पठाइएको छ । जसमध्ये रविन ढकाल कलंकी लगिएको छ । दोलखा मालपोतका हिरादेवी पौडेल मन्त्रालयमा आएकी छिन् । सुर्खेतका राजेन्द्र प्रसाद पौडेल दोलखा लगिएको छ ।
कलंकीका पूर्ण केसी, कास्की लगिएको छ । पर्साका प्रमुख अशोक भट्टराईलाई लखनखेल लगिएको छ । खेमराज खत्री धादिङ्ग बाट पर्सा पुगेका छन् । माधव घिमिरे भक्तपुर पुगेका छन् । मनोजकुमार पोखरेल महोत्तरीवाट धादिङ्ग पुगका छन् । मालपोत कार्यालय खैरहनीका उपसचिव ज्ञानेन्द्र ढकाल भने राष्ट्रिय सहकारी नियमन आयोगमा लगिएको छ ।
जीवनराज सेढाईले लगनखेलमा छुट दर्तामा अकुत आर्जन गरेपनि मन्त्रीसम्म पैसा नपुर्याएका कारण एक बर्षकै हाराहारीमा मन्त्रालय सरुवा भएका छन् ।
सुब्बाको सेटिङ्गका प्रमुख मन्त्रालय तानिए
स्टोरमा काम गर्ने सुब्बाले कतिसम्म लाइन मिलाएर काम गर्न सक्छन् भन्ने कुरा त उनीकै हाकिम भएर शहरी विकास मन्त्रालयमा काम गर्ने एकजना उपसचिवलाई भूमि व्यवस्था मन्त्रालयमै लगे । शहरी विकास मन्त्रालयको आन्तरिक महाशाखा प्रमुख रहेका जीवन सेढाईं भूमि मन्त्रालयको फाजिल मै बसे । कार्यालयसमेत नहुँदा सेढाईं उनै गिरीको कुर्सीमा बसेर दिन कटाउँथे । उपसचिव भएपनि सुब्बाको कुर्सीमा दिन कटाएका सेढाईं मालदार मानिने ललितपुर मालपोत कार्यालयमा पुगे । मन्त्रीदेखि सचिवसमेत मिलाएर गिरीले सेढाईँलाई ललितपुर लान सकेको मन्त्रालय वरपर चर्चा थियो । सेढाईँले ललितपुर बस्दा जग्गा दर्ताको नाममा गढबढी गरेको व्यापक चर्चा थियो । छुट दर्तामा मनग्ये कमाए पनि मन्त्रीसँग पहुँच नभएका सेढाईँले सुब्बा गिरीलाई मात्र लाईन मिलाएपछि अहिले मन्त्रालय तानिएका छन् । सेढाईँ मन्त्रालय तानिएपछि गिरीको निद हराम भएको छ । तनावमा परेका गिरी सेढाईँको सरुवा पछि निकै असिनपसिन भएका थिए ।
यो त एउटा उदाहरण मात्र हो । गिरीको लाइनमा मालपोत कार्यालय जाने र जान चाहनेको सङ्ख्या अधिक छ ।






