चौतारा

सिन्धुपाल्चोक नेकपा (माओवादी केन्द्र) को जिल्ला समन्वय समितिको पहिलो भेला चौतारामा हुँदैछ । सोमवार आयोजना गरिएको यो भेलाले जिल्लामा नयाँ नेतृत्व चयन गर्ने छ ।
भेलाको उदघाटन पार्टी केन्द्रीय सचिव तथा वाग्मति प्रदेश इन्चार्ज हितमान शाक्यले गर्ने तय भएको छ ।
११ बजेबाट हुने उक्त भेलामा जिल्लाभरबाट भेलामा बढीमा १ सय ८० पार्टीका प्रतिनिधिहरु सहभागी हुनेछन् । भेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी बताएको छ । भेलामा जिल्लाका १२ वटै स्थानीय तह (पालिका) का अध्यक्षहरूले आफ्नो–आफ्नो क्षेत्रगत संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन ।
संघीय संरचना अनुसार जिल्ला समन्वय समितको संरचना १९९ सदस्य बन्नेछ । जसमा पालिका सचिव सम्मका पदाधिकारी पदेन सदस्य रहने छन् । पदेन रुपमा प्रति पालिका ५ जना हँुदा ६० जना हुने छन् । र, अन्य क्षेत्रवाट अरु चयन हुने छन् ।






