खाडीचौर ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले गत आर्थिक वर्षमा १४ लाख भन्दा धेरै पैसा विज्ञापनमै खर्च गरेको छ । जसमा एउटै कम्पनीलाई पटक पटक भुक्तानी गरेको देखिन्छ । छ वटा ठूला शीर्षकको रकम सिन्धु एकता मिडिया प्रालिले भुक्तानी लिएको छ ।
उक्त कम्पनी अध्यक्षको प्रेस बिज्ञ भनेर नियुक्त लिएका दिनेश थापाको रहेको खुलेको छ । प्रेस बिज्ञको नियुक्ति लिएपनि सरोकारवाला निकायले अवैध भनेपछि नियुक्ति खारेज भएको थियो । साथै लिएको तलवसमेत अध्यक्षले फिर्ता गरेको गाउँपालिकामा कार्यरत एक कर्मचारीले जानकारी दिए ।
झण्डै नौ लाख रुपैयाँ बिभिन्न शीर्षकमा सिन्धु एकता मिडिया प्रालिले भुक्तानी लिएको छ । यसलाई महालेखा परीक्षकको कार्यालयले अवैध भनेको छ । नीतिगत रुपमा प्रकृया पुरा नगरी भुक्तानी लिएको उल्लेख गरिएको छ ।







