मेलम्ची ।

सांस्कृतिक चेतना र मौलिक पहिचान जोगाउँदै सबै मिलेर समावेशी र समृद्ध नगर निर्माणमा लाग्न मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले जोड दिइन् ।
मेलम्ची नगरपालिका वडा नम्बर १ द्वारा आयोजित हरितालिका तीज २०८२ को अवसरमा आयोजित
कार्यक्रममा उपप्रमुखले तीज विशेष सांस्कृतिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिन र स्थानीय कला–संस्कृतिको संरक्षणमा प्रेरणा जगाउन सफल हुने विश्वास राखिन ।
आ–आफ्नो मौलिक कला, भेषभूषा, नाच–गानलाई संरक्षण नगरे हाम्रो इतिहास हराउनेछ। त्यसैले नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तर प्रोत्साहन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
हाम्रो संस्कृति हाम्रो सम्पत्ति भएका कारण यसलाई जोगाउनु हाम्रो जिम्मेवारी भएकोले भविष्यमा नगरपालिकाले वडास्तरदेखि नगरस्तरसम्म यस्ता कार्यक्रमलाई अझ व्यवस्थित, ठूलो र प्रभावकारी बनाउन योजना अघि बढाउने उपप्रमुखको प्रतिबद्धता थियो ।






