चौतारा ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको वार्षिक समीक्षा तथा आगामी वर्षको योजना सार्वजनिक हुने भएको छ ।

जानकारीअनुसार, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ को उपदफा ९ खण्ड (ङ) बमोजिम २०८०/८१ सालको वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको समीक्षा तथा २०८१/८२ सालको वार्षिक योजना, बजेट र कार्यक्रम हुनेछ ।
२०८१ साल भदौ १६ गते बिहान ११ बजे जिल्ला समन्वय समितिको सभाहल, चौतारामा हुने कार्यक्रममा उपस्थित हुन सरोकारवाला सबैलाई समितिले अनुरोध गरेको छ।






