मेलम्ची ।

मेलम्ची नगरपालिका वडा नम्बर ७ द्वारा आयोजित हरितालिका तिज विशेष खुल्ला माध्यामिक तहस्तरीय महिला गायन प्रतियोगिता एवम विविध साँस्कृतिक कार्यक्रम सप्पन्न भयो । मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानको प्रमुख आथिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा उपप्रमुख उमा प्रधानले महिला गायन प्रतियोगिताले महिला प्रतिभालाई अगाडि ल्याउनेमा आफू बिश्वस्त रहेको बताइन् । उनले युवापुस्तालाई मौलिक संस्कृति र लोक परम्परामा जोड्दै माध्यमिक तहका विद्यार्थीलाई पनि खुल्ला प्रतिस्पर्धाको अवसर दिलाएर आगामी पुस्तामा सांगीतिक चेतना जगाउने यस कार्यक्रमले गरेको प्रयास प्रशंसनीय रहेको बताइन् ।
उहाँले आजको कार्यक्रम विशेष गरी विद्यार्थी र महिलामुखी भएकाले यसको महत्त्व झनै बढेको बताउनुभयो । विद्यार्थीहरूले यस किसिमका गायन प्रतियोगिताबाट आफ्नो कला, प्रतिभा र आत्मविश्वासलाई निखार्ने अवसर पाउनेछन् भने महिलाहरूले आफ्नो क्षमता प्रदर्शन गर्दै समाजमा अझै अग्रसर बन्ने प्रेरणा लिन सक्ने बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथी एवम वडा नम्बर ७ का पूर्वअध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले तिज पर्व हाम्रो समाजमा महिलाको अधिकार, आत्मसम्मान र परम्परागत संस्कृतिको पहिचानसँग जोडिएको महत्त्वपूर्ण चाड रहेको बताए ।
बताउनुभयो । उहाँले यस दिन महिलाहरूले आफ्नो खुशी, पीडा, आकांक्षा र सपना गीतमार्फत व्यक्त गर्दै आउनुभएको बताउँदै यसै किसिमका सांस्कृतिक कार्यक्रमहरूले हाम्रो मौलिक संस्कृतिलाई संरक्षण मात्र गर्दैनन्, नयाँ पुस्तामा परम्परा हस्तान्तरण गर्ने बताउनुभयो ।
वडास्तरमै सुरु गरिएको यस्तो सराहनीय कार्यले हाम्रो वडा ७ को शैक्षिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा नयाँ उचाइ थप्नेछ भन्ने मेरो विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष एवम मेलम्ची नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष पासाङ तामाङले तिज पर्व संस्कृति, परम्परा र महिलाको आत्मीयता झल्काउने महत्त्वपूर्ण पर्व रहेको बताए ।
प्रतियोगितामा मेलम्ची नगरपालिका र हेलम्बु गाउँपलिका भित्रका ३ वटा विद्यालय सहभागिता रहेको थियो । मेलम्ची नगरपालिका वडा नम्बर ७ भित्रका ५ वटा आमा समुहको सहभागिता रहेको मेलम्ची नगरपालिका वडा नम्बर ७ का वडा सचिव रुपकराज पाध्यायले जानकारी दिए ।
प्रतियोगितामा जलबायु देवि माध्यमिक विद्यालय मेलम्ची ८ क्यौरानी प्रथम, बाल सुधार माध्यमिक विद्यालय मेलम्ची ७ दुवाचौर दोश्रो र पाल्चोक माध्यामिक विद्यालय हेलम्बु ३ पाल्चोक तृतिय हुन सफल भएको छ ।
त्यस्तै आमा समूह बाट बुजन देवि आमा समूह प्रथम ठुलोचौर आमा समूह द्वितीय श्री सुन्दरी देवि आमा समूह तृतिय र गोल्मेस्वरी आमा समुह सान्त्वना हुन सफल भएको वडा सचिव पाध्यायले जानकारी दिए ।






