काठमाडौँ ।

प्रधानमन्त्री केपी ओलीको गृहजिल्लाका पारस भण्डारी पछिल्लो समय ०७८ पुष १९ देखि राजस्व अनुसन्धान विभागमा छन् । चार वर्ष उनले त्यही मस्ती मारिरहेका छन् । यो विभाग कर्मचारीको भाषामा मालदार अड्डा हो ।
नायबसुब्बा पदका भण्डारी प्रधानमन्त्रीको सचिवालयमा प्रभाव पारेर लामोसमयसम्म मालदार मानिने राजस्व अनुसन्धानमा छन् । उनले प्रधानमन्त्रीकै रवाफ दिएर व्यवसायी धम्क्याएको पीडितहरू बताउँछन् । त्यसोत काँग्रेस लाइनमा भने आफ्ना दाजु केवल भण्डारीको प्रयोग गरिरहेका छन् । त्यही भएर उनले दुःखका कार्यालय कहिल्यै बस्नु परेको छैन । सुब्बा नै भएपनि जागिरको अवधिमा उनले गरेको आर्जनले छिमेकीहरू पनि अचम्ममा पारेको छ । भण्डारी लिलामको काममा पोख्छ छन् । लाइन मिलाएर लिलाममा उनले गरेका अवैध आर्जन पहुँचवालाको घरमा पनि पुग्ने गरेको छ । झापा घरको नाममा उनले प्रधानमन्त्री केपी ओलीको कार्यालयमा पनि बुझाउनु पर्छ भन्दै अवैध असुलीको काम गर्ने एक व्यवसायीले बताए । त्यसकारण पनि उनी पटक पटक राजस्व अनुसन्धान विभागमा जाने गरेका छन् ।
यस अघि उद्योग विभागजस्तो मालदार अड्डामा रहेका भण्डारी उद्योग विभाग भन्दा अघि पनि राजस्व अनुसन्धान विभागमा नै थिए । २०७६ फागुन २२ मा राजस्व अनुसन्धान विभागमा उनको पदस्थापना भएको हो ।
अझ अचम्म लाग्दो बिषय त भण्डारी २०७२ असोज १३ मा पनि राजस्व अनुसन्धान विभागमा नै सरुवा भएका थिए । ०६९ असारमा बढुवा भएका भण्डारी मालदार मानिने वाणिज्य मन्त्रालय अन्तर्गत काम गर्थे । २०५३ सालमा जेठमा जिल्ला प्रशासन कार्यालयमा खरिदार नियुक्ति भएका थिए ।
२०३४ सालमा जन्मिएका भण्डारीले २०४९ सालमा एसएलसी पास गरेको विवरण पेश गरेका छन् । त्यसभन्दा माथिल्लो तहमा उनको अध्ययन देखिएको छैन । लामो समय राजस्व अनुसन्धान विभागमा बसेका कारण हरेक व्यवसायीको जन्मकुण्डली उनलाई कण्ठ छ ।
सोही आधारमा जुनसुकै महानिर्देशकको पनि उठौती गर्ने घुमुवाका रुपमा उनले काम गरिरहेका छन् । अकुत सम्पति कमाएर वसेका भण्डारी अझै पनि कसैले चलाउन नसक्ने भन्दै व्यवसायी थर्काउन् र असुल गर्दै महानिर्देशकसम्म पुर्याउने गर्दछन् ।
व्यवसायीहरूको आरोपअनुसार, यी कर्मचारीहरूले नियोजित रूपमा व्यापारीलाई फसाउने गरेका छन् । राम्रो रकम नदिए विभिन्न बहाना बनाएर गाडी समात्ने, बिगो तिर्न लगाउने मात्र होइन, धम्की दिने काम पनि हुने गरेको बताइन्छ ।
यो विषयमा चासो राख्दा भण्डारी सम्पर्कमा आउन चाहेनन् ।






