काठमाडौं ।

एनाआइसी एसिया बैकका सिइओ रोसन न्यौपानेले राजीनामा दिएका छन् ।
सीईओ न्यौपानेले बिहीबार विहान राजिनामा बुझाएपछि उनको राजिनामा आजै स्वीकृत भएको छ ।
न्यौपानेले आफ्नी पत्नीको उपचारका लागि चार महिना नेपाल बाहिर जानुपर्ने भन्दै बिदा मागेका थिए । तर सञ्चालक समितिले त्यति लामो बिदा दिन सम्भव नहुने भनेपछि उनले पदबाट राजिनामा दिएको बुझिएको छ ।
अहिले बैंककै डेपुटी सीईओ सन्तोष राठीलाई बैंकको कायममुकायम सीईओमा नियुक्त गरेको छ ।
अब नयाँ सीईओको खोजि गर्ने कोसिस सुरु भइसकेको छ ।






