सिन्धुपाल्चोक ।

रामचन्द्र कार्की अध्यक्षमा निर्वाचित हुँदै जिल्ला तेक्वान्दोमा नयाँ नेतृत्व चयन भएको छ।
निर्वाचनमा उपाध्यक्षमा रमेश गुरुङ, कोषाध्यक्षमा नकुल नेपाल तथा सचिवमा माधव विश्वकर्मा निर्वाचित भएका छन्। नयाँ नेतृत्वलाई खेल विकासमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व तेक्वान्दो अध्यक्ष तथा उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेत रहे भने विशेष अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दङ्गाल रहेका थिए। सो अवसरमा केन्द्रीय प्रतिनिधि हेमन्त डाँगी, प्रदेश प्रतिनिधि भास्कर श्रेष्ठ, निर्वाचन संयोजक दुर्गामान तामाङसहितका पदाधिकारी, प्रशिक्षक, वरिष्ठ तथा कनिष्ठ खेलाडीहरूको उपस्थिति उल्लेख्य थियो।
अतिथिहरूले नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै तेक्वान्दो खेललाई ग्रामीण तहसम्म विस्तार गरी अनुशासन, स्वास्थ्य र राष्ट्रिय गौरव बढाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।






